यूएईमा ज्यान गुमाएका रेवतको पाँच महिनापछि  अन्त्येष्टि

 मंसिर ४, २०७७ बिहिबार १६:४२:२३ | रासस
unn.prixa.net

झापा – झापाको एक युवाको ज्यान गएको पाँच महिलापछि अन्त्येष्टि गरिएको छ । 

झापाको मेचीनगर नगरपालिका १० का ४२ वर्षीय रेवत थापाको वैदेशिक रोजगारीमा मृत्यु भएको पाँच महिनापछि संयुक्त अरब इमिरेट्स (यूएई) मा बुधबार अन्त्येष्टि गरिएको हो ।

यूएईको उत्तरी शहर रसअल खेमामा गएको जेठ १३ गते उहाँको हृदयाघातबाट ज्यान गएको थियो । लामो अवधिसम्म अस्पतालमा बेवारिसे रहेको  शवको अन्त्येष्टिका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले अर्थ सङ्कलन गरेका थिए ।

नेपाली समाज यूएईको पहलमा मृतकको अन्त्येष्टि  गरिएको जनाइएको छ । यसका लागि  मेचीनगरमा रहेकी उनकी छोरी रीतु  र परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले लिखित स्वीकृति पठाएको थियो ।

वैदेशिक रोजगार विभागमा रहेको विवरणअनुसार थापा गएको वर्ष २०१९ को नोभेम्बर महिनातिर यूएई जानुभएको थियो । उहाँको पासपोर्ट लामो समय नभेटिँदा शव धेरै दिनसम्म अस्पतालमा बेवारिसे बनेको थियो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया