चार प्रदेश केही ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै – भारतीय टेलिभिजनको दुनियाँकी लोकप्रिय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई लागुऔषध प्रकरणमा पक्राउ गरिएपछि ४ डिसेम्बरसम्मका लागि न्यायिक हिरासतमा पठाइएको छ ।
यी दुवै जनाको जमानत निवेदनमाथि सोमबार सुनुवाइ हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीलाई नार्काेटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले शनिबार पक्राउ गरेको हो भने उनका पति हर्षलाई आइतबार पक्राउ गरेको हो ।
भारती सिंहको घरबाट लागुऔषध बरामद गरिएको पनि बताइएको छ ।
एनसीबीका क्षेत्रीय निर्देशक समीर वानखेडेले भारती सिंहले भारती सिंहका पतिलाई पक्राउ गरिएको पुष्टि गरेका हुन् ।
एनसीबीका अधिकारीहरुले भारती सिंह र उनका पतिलाई गाँजा सेवन गरेको आरोपमा पक्राउ गरिएको हो । उनीहरुविरुद्ध नार्काेटिक्स एण्ड साइकोट्रोपिक सब्स्ट्यान्स (एनडीपीएस) अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
यसअघि भारतीय अभिनेता सुशान्तसिंह राजपूतको निधनपछि बलिउड कलाकार लागुऔषध सेवनको आरोपमा एनसीबीको निसानामा परेका छन् ।
लागुऔषध प्रकरणमा एनसीबीले अभिनेता अर्जुन रामपालसहित अभिनेत्रीहरु दीपिका पादुकोण, साराअली खान, श्रद्धा कपुर र रिया चक्रवर्तीसँग सोधपुछ गरिसकेको छ ।