पाेखरामा प्याराग्लाइडिङ दुर्घटना, पाइलटकाे ज्यान गयाे

 मंसिर ८, २०७७ सोमबार १७:१२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कास्की – पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको ज्यान गएको छ । दुर्घटनामा यात्रु घाइते भएका छन् ।

प्याराग्लाइडिङ दुर्घटनामा पोखरा महानगरपालिका २८ काे कालिकाका ३८ वर्षीय राजु नेपालीको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यात्रु काठमाण्डौ बूढानीलकण्ठ नगरपालिका २ की २८ वर्षीया शीला श्रेष्ठ घाइते भएको र उहाँलाई थप उपचारका लागि काठमाण्डौ रेफर गरिएको छ । श्रेष्ठको छाती र खुट्टामा चोट लागेको छ । फेवातालको सिरान खपौदी क्षेत्रमा दिउँसो १ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया