६ किलाे चरेससहित धादिङबाट दुई जना पक्राउ

 मंसिर ८, २०७७ सोमबार १८:१०:३ | सिताराम अधिकारी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

धादिङ – धादिङको गजुरी गाउँपालिका १ काे गजुरी बजारबाट प्रहरीले सोमबार दिउँसो ६ किलाे चरेस बरामद गरेको छ ।

गल्छीबाट मुग्लिङतर्फ जाँदै गरेको ग १५ प ३३५० नम्बरको स्कुटीलाई सोमबार दिउँसो जाँच गर्ने क्रममा स्कुटीमा लुकाइ राखेको अवस्थामा ६ केजी चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले जानकारी दिनुभयो । 

प्रहरीले स्कुटी चालक नीलकण्ठ नगरपालिका ६ काे सुनौला बजारका २२ वर्षीय दिलीप दाहाल र पछाडि सवार त्यही ठाउँका २० वर्षीय राजन परियारलाई पक्राउ गरेको छ । उनीहरूलाई लागुऔषध नियन्त्रण ऐनअनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया