आइवर्ट महिला सर्ट मुभी प्रतियोगिता : ‘आइसक्रिम’ र ‘लाखे’ प्रथम

 मंसिर १४, २०७७ आइतबार १८:२१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चलचित्र क्षेत्रमा महिलाको सहभागिता बढाउन आयोजना गरिएको आइवर्ट महिला सर्ट मुभी कम्पिटिशन २०२० मा ‘आइसक्रिम’ र ‘लाखे’ प्रथम भएका छन् ।

इन्टरनेशनल एसोसिएशन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (आइवर्ट), नेपालले आयोजना गरेको प्रतियोगितामा दुईवटा छोटा चलचित्र पहिलो भएका हुन् । प्रथम हुन सफल चलचित्र ‘आइसक्रिम’ संगीता श्रेष्ठ निर्देशन गर्नुभएको हो भने ‘लाखे’ रिजला श्रेष्ठले निर्देशन गर्नुभएको हो ।

त्यस्तै नीशा मानन्धर निर्देशित ‘आई एम अ फाइटर’ दोस्रो भएको छ । यस पटकको प्रतिस्पर्धाका लागि जम्मा ८ वटा चलचित्र समावेश भएका थिए । भर्चुअल रुपमा भएको कार्यक्रममा निर्णायक बिनोद पौडेलले  विजयी ३ चलचित्र घोषणा गर्नुभएको थियो । 

प्रतिस्पर्धामा निर्णायक भूमिकामा चलचित्र निर्देशक, ओस्कार कलेजका निर्देशक तथा प्रधानाध्यापक बिनोद पौडेल, निर्देशक तथा स्क्रिप्ट राइटर सम्पदा मल्ल र अभिनेत्री उषा रजक हुनुहुन्थ्यो । महिलामा भएका अन्तरनिहित क्षमता विकासको लागि सर्ट मुभी कम्पिटिशन गरिँदै आएकाले आगामी दिनमा सञ्चार क्षेत्रका महिलाका नेतृत्व र वयक्तित्व विकासका लागि कार्यक्रमलाई निरन्तरता दिने संस्थाकी अध्यक्ष मण्टेश्वरी राजभण्डारीले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया