यस वर्षको मिस नेपालको उपाधि नम्रतालाई

 मंसिर २०, २०७७ शनिबार १९:४८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । २० जना प्रतिस्पर्धीलाई पछि पार्दै नम्रताले मिस नेपाल वर्ल्ड २०२० को उपाधि जितेकी हुन् ।

यस्तै ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले जितेका छन् । अन्तिम राउण्डमा निर्णायकले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिंदै नम्रताले मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् ।

निर्णायकले ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा कस्तो परिवर्तनकारी तरंग फैलाउन चाहनुहुन्छ' भनेर सोधिएको थियो । त्यसकाे जवाफमा नम्रताले नेपाली महिला सकारात्मक साेचकाे हुने र त्यसैकाे आधारमा संसारलाई जित्न सकिने बताएकी थिइन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया