‘श्रीमती स्वर्गीय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिनेलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ’

 मंसिर २१, २०७७ आइतबार १९:५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै नायिका श्वेता खड्का साेमबार (मङ्सिर २२) गते विवाह बन्धनमा बाँधिँदै छिन् । श्वेता खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् ।  

चलचित्र ‘कहाँ भेटिएला’ बाट सिने क्षेत्रमा प्रवेश गरेकी श्वेताले २०७१ साल असार २३ गते नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । तर बिहे भएको झण्डै एक महिनापछि २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा श्रीकृष्णकाे निधन भएको थियो ।

नायिका श्वेता चलिचत्रसँगै विभिन्न व्यवसायमा आबद्ध छिन् ।

नायिका श्वेताले आफ्नाे विवाहकाे पूर्वसन्ध्यामा फेसबुकमा एक लेख लेखेकी छिन् । उनले एकल जीवनमा सहयात्री पाएकाे र विवाह गर्ने निर्णयसम्म पुगेकाे बताएकी छिन् । 

उनले लेखेकी छिन्, 'के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्वीकार गर्ला र ? मलाई थाहा छ 'श्वेताको आँखामा आँशु मात्रै देखिनुपर्छ' भन्ने सोच बोकेका दुई चार जनालाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गीय भएको एक महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी विधुवी बहिनीले पूरै जीवन एक्लै काट्नुपर्छ भन्ने सोचले ग्रस्त केहीलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ । तर मप्रति सहानुभूति राख्ने, मलाई सदैव खुसी देख्न चाहने अनि सधैँ मेरो सफलताको कामना गर्ने लाखौँ शुभचिन्तकको आशीर्वाद, सद्भाव र शुभेच्छाले मप्रति रिस र इर्ष्याको सोच राख्ने दुई/चार जनाले स्वत: हार खानेछन् ।'  

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

5 Comments

  • Chhabi Pandey

    Feb. 1, 2022, 9:56 p.m.

    भन्ने हरुले जे भनुन निणय ठिक गर्नु भएकोमा बधाई जिवनको निर्णय त भोग्नुपर्नेले गर्ने हो ! आवश्यकताले परिवर्तन खोज्ने हो न कि नि कुरा काट्नेहरुले ।।।

  •  0 Reply
  • Nerinav Shrestha

    June 20, 2021, 12:01 p.m.

    This is a country of hypocrites. The same people who display sympathy in your presence will be back stabbing in your absence. If you are pure at heart, God will protect you. No need to satisfy all people. Nepali people (especially housewives ) are world champions of back stabbings. If back stabbings was an Olympic sports, Nepal would have bagged many Gold medals.

  •  0 Reply
  • Chandra Khanal

    May 28, 2021, 7:28 a.m.

    Great job

  •  0 Reply
  • Bishnu Hamal

    May 24, 2021, 4:45 p.m.

    हार्दिक बधाई एवम् सफल वैवाहिक जीवनको अग्रिम शुभकामना छ स्वेता जी।तपाईं हामीले नै यो समाजमा व्याप्त कुरितिहरूको अन्त्य गर्न जरुरी छ यहाँ ।

  •  0 Reply
  • Hari Prasad Subedi

    Dec. 7, 2020, 6:03 a.m.

    राम्रो निर्णय । जीवन दाम्पत्य सफल रहाेस् शुभकामना ।

  •  0 Reply

तपाईको प्रतिक्रिया