वरिष्ठ गायक जगतमर्दन थापाको निधन

 मंसिर २२, २०७७ सोमबार ११:४३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली आधुनिक संगीतका ज्येष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ ।

उहाँको नर्भिक अस्पतालमा उपचारका क्रममा बिहान १० बजेर २० मिनेटमा निधन भएको हो । लामो समयदेखि अस्वस्थ्य रहेका थापाको एक महिनाभन्दा अघिदेखि नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

८५ वर्षका थापालाई कोरोना भाइरसको सङ्क्रमण  पनि देखिएको थियो । तर कोरोनामुक्त भइसकेपछि उहाँलाई स्वास्थ्यमा समस्या देखिएको थियो । छातीमा समस्या बढेपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया