पद सम्हालेको सय दिनभित्र १० करोडलाई कोरोना खोप दिने बाइडेनको घोषणा

 मंसिर २४, २०७७ बुधबार १५:४२:३७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोड मानिसलाई कोरोना भाइरस (काेभिड–१९) विरुद्धको खोप दिने घोषणा गरेका छन् । ​

बाइडेनले आफ्नो कार्यकालको सुरुवाती महिनामा महामारी नियन्त्रणको पहल हुने बताएकाे बीबीसीले जनाएको छ । उनले यसअघि अमेरिकामा रहेका सबैलाई एक सय दिनसम्म मास्क लगाउन आग्रह गरेका थिए । 

मङ्गलबार नै अमेरिकी नियामकले फाइजर र बायोटेकको खोप ९५ प्रतिशतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ । खाद्य तथा औषधि निकाय एफडीएले सुरक्षाका कारण फाइजर र बायोटेकको खोपलाई स्वीकृति दिन रोक्नुपर्ने कुनै कारण नभेटिएको जनाएको छ । औपचारिक निर्णयका लागि एफडीएले बिहीबार बैठक गर्दैछ ।

यसअघि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा निर्मित खोपमा अमेरिकी नागरिकहरूलाई पहिलो प्राथमिकता दिइने काम सुनिश्चित गर्नका लागि एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् ।  

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया