अमेरिकाले भोलिदेखि कोरोना विरुद्धकाे खोप लगाउन सुरु गर्ने

 मंसिर २८, २०७७ आइतबार ६:१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकामा भोलिदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिने भएको छ ।

फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप भोलिदेखि लगाउन सुरु गरिने बीबीसीले जनाएको छ । खोपको पहिलो तीस लाख डोज छिट्टै नै सबै राज्यमा पुर्याइँदैछ ।

फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ । अमेरिकाको खाद्य तथा औषधि विभागको सल्लाहकार समितिले कोरोना खोपलाई स्वीकृति दिएसँगै भोलिदेखि अमेरिकी नागरिकलाई खोप दिन लागिएको हो ।

फाइजरले पहिलो चरणमा डिसेम्बर अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख डोज तयार पार्ने योजना बनाएको छ । तर उसको खोप पूर्ण हुन दुईवटा डोज आवश्यक पर्ने हुँदा त्यो ३३ करोड जनसंख्या भएको अमेरिकाका झण्डै ३० लाख जनाका लागि मात्र पुग्नेछ ।

सुरुमा देशका २ करोड १० लाख स्वास्थ्यकर्मी र लामो अवधिका लागि स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई खोप दिइने अपेक्षा गरिएको छ । यसअघि बेलायतमा यो खोपलाई स्वीकृति दिएसँगै खोप लगाउने कार्य सुरु भइसकेको छ भने क्यानडाले पनि स्वीकृति दिइसकेको छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया