टाटा मोटर्सको पाँचौँ ग्लोबल सर्भिस क्याम्प सुरु : केही सेवा निःशुल्क, केहीमा भारी छुट

 मंसिर २८, २०७७ आइतबार २०:२२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालका लागि टाटा मोटर्सकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङकाे पाँचौँ ग्लोबल सर्भिस क्याम्प सुरु भएको छ । 

कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सिप्रदीको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी आइतबार उद्घाटन गरिएको कार्यक्रम आउने पुस ८ गतेसम्म चल्ने कम्पनीले जनाएको छ । 

कार्यक्रममा टाटा मोटर्स कमर्सियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररूप मैत्रा, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठलगायत सहभागी थिए । 

यो सर्भिस क्याम्पमा टाटा मोटर्सका कमर्सियल गाडीका ग्राहकले निःशुल्क गाडीको जाँच, विशेष योजनाका साथै अन्य सेवा प्राप्त गर्नेछन् । क्याम्पमा गाडीका पार्ट्स, लुब्रिकेन्ट्स, ब्याट्रीलगायतमा आकर्षक छुट रहेको सिप्रदीका ग्राहक सेवाका विभाग महाप्रबन्धक साम्देन छेरिङ लामाले बताउनुभयो । उहाँले भन्नुभयो, 'क्याम्पमा निःशुल्क बम्पर टु बम्पर चेक अप, निःशुल्क सर्भिसिङ, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स र ब्याट्रीमा भारी छुटलगायतका सुविधा छ ।' कार्यक्रममा खेल तथा मनोरञ्जनात्मक गतिविधि पनि हुने उहाँले बताउनुभयो ।

चालकहरूका लागि निःशुल्क तालिम, हरेक दिन स्मार्टफोन जित्ने अवसर र प्रत्येक दिन टाटा गाडीसम्बन्धी अनलाइन परामर्श जस्ता सुविधा ग्लोबल सर्भिस क्याम्प २०२० को प्रमुख विशेषता रहेको कम्पनीले जनाएको छ ।

१० दिनसम्म हुने यो क्याम्प विश्वभरि ४५ देश र नेपालका ५० वटा वर्कशपमा आयोजना हुने भएको छ ।

स्वास्थ्य सुरक्षाको मापदण्डलाई ध्यान दिएर सर्भिस सेन्टर परिसरभित्र सामाजिक दुरी कायम गर्न सिप्रदीले सर्भिस बुकिङलाई प्राथमिकता दिँदै, सर्भिस प्रि–बुकिङ गर्ने ग्राहकलाई थप उपहारको व्यवस्था पनि गरेको छ । सर्भिस बुकिङका लागि ९८०१२२३३४४ मा मिस्ड कल गर्न सकिने कम्पनीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया