अमेरिकामा झण्डै ७ सय ४० अर्ब डलरको रक्षा खर्च विधेयक रोकियो

 पुस ९, २०७७ बिहिबार १३:५५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकामा झण्डै ७ सय ४० अर्ब डलरको रक्षा खर्च विधेयक रोकिएको छ ।

यसै महिना अमेरिकी काङ्ग्रेसले पारित गरेको विधेयक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोक्नुभएको हो ।

अफगानिस्तान तथा युरोपबाट अमेरिकी फौज फिर्ता गर्ने व्यवस्थाको ट्रम्पले विरोध गर्दै आउनुभएको छ । काङ्ग्रेसले पारित गरेका विधेयकहरू कानुन बन्न राष्ट्रपतिले त्यसमा हस्ताक्षर गर्नुपर्छ ।

काङ्ग्रेसले ट्रम्पको विशेषाधिकारलाई खारेज गरेन भने ६० वर्षयता पहिलो पटक नेशनल डिफेन्स अथोराइजेशन एक्ट (एनडीएए) कानुन बन्न पाउने छैन । राष्ट्रिय सुरक्षा तथा विदेश नीतिको मामिलामा अमेरिकालाई प्राथमिकतामा राख्ने नीतिसँग मेल नखाने भएकाले विधेयक रोक्नुपरेको ट्रम्पको दाबी छ ।

आउँदाे जनवरी २० मा ट्रम्पको कार्यकाल सकिँदैछ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया