प्रचण्डसँगको भेटमा बामदेवको भनाइ-‘संसद विघटनको विपक्ष र पार्टी एकताको पक्षमा छु’

 पुस ११, २०७७ शनिबार १३:१३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बामदेव गौतमबीच भेटवार्ता भएको छ । 

प्रचण्डको निवास खुमलटारमा भएको भेटवार्तामा प्रचण्ड-नेपाल समूहका अन्य नेता पनि सहभागी थिए ।

भेटवार्तामा नेता गौतमले आफू संसद विघटनको विपक्षमा रहेको बताउनुभएको खुमलटार स्रोतले जनाएको छ । 

गौतमले अझै पनि पार्टी एकताको पक्षमा आफू रहेको जानकारी गराउनुभएको थियो । दुई टुक्रा भएको नेकपाका सबैजसो शीर्ष नेताले आफ्नो पक्ष प्रष्ट पारिसकेका छन् । तर उपाध्यक्ष बामदेव गौतमले भने आफू कुनै पनि पक्षमा नलाग्ने बताउँदै आउनुभएको छ  ।

गौतमलाई आफ्नो पक्षमा पार्न ओली र प्रचण्ड-नेपाल पक्षले कोशिस गरिरहेका छन् ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया