माथिल्लो तामाकोशी जलविद्युत आयोजना : आउँदाे चैत महिनाभित्र उत्पादन सुरु गर्ने

 पुस १३, २०७७ सोमबार १२:१६:३७ | उषा तामाङ
unn.prixa.net

दाेलखा -  माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पहिलो युनिटबाट आउँदो चैत महिनाभित्र उत्पादन सुरु हुने भएको छ। 

दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ लामावगरमा स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाले चैत महिनाभित्र ७६ मेगावाट विद्युत उत्पादन सुरु गर्ने जनाएको हो ।

यसअघि सार्वजनिक गरेको तालिकाअनुसार यही पुस महिनामा पहिलो युनिटबाट विद्युत उत्पादन गर्नुपर्ने थियो । आयोजना पुनः संशोधित तालिका सार्वजनिक गर्दै २०७७ फागुनमा सुरुङमा पानी भर्ने, चैतमा पहिलो युनिटबाट विद्युत उत्पादन गर्ने र २०७८ असारभित्र बाँकी ५ वटा युनिटहरुबाट पनि विद्युत उत्पादन गर्ने जनाएको छ ।

चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना २०६७ भदौबाट निर्माण सुरु भएको थियो । आयोजना निर्माणमा ढिलाइ हुँदा ३५ अर्ब अनुमान गरिएको लागत बढेर ४९ अर्ब २९ करोड पुगेको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया