कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
काठमाण्डौ – नेपालको लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र राष्ट्रिय वाणिज्य बैंकबीच व्यावसायिक सम्झौता भएको छ ।
टाटाका कमर्सियल गाडी किन्न चाहने व्यक्तिले राष्ट्रिय वाणिज्य बैंकका कुनै पनि शाखामार्फत अब सहुलियतपूर्ण कर्जा पाउने छन् ।
टाटाका गाडी खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूलाई सहज रूपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सिप्रदीले जनाएको छ ।
सम्झौतापत्रमा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार विना धितो न्यूनतम ब्याजमा कर्जा उपलब्ध हुने, ७० प्रतिशतसम्मको फाइनान्स सुविधा र सात दिनभित्र नै कर्जा स्वीकृति हुने छ ।
यसैबीच राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ को अधिनमा रहेर व्यावसायिक तथा निजी प्रयोजनका लागि गाडी खरिद गर्न सहुलियतपूर्ण कर्जा दिनेछ ।
बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केिएकाका लागि युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा र दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास कर्जा निर्धारण गरेकाे छ ।