टाटा मोटर्सको “उपहार मोर” याेजनाअन्तर्गत 'लक्की ड्र' मार्फत ३४ जनालाई उपहार प्रदान

 पुस १४, २०७७ मंगलबार २०:४१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालका लागि टाटा मोटर्सको  आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लिले चाडपर्व लक्षित “यो दशैं, तिहारमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर” ग्राहक उपहार योजना अन्तर्गतको बम्पर लक्की ड्र कार्यक्रम गरेको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण फेसबुक लाइभमार्फत गएको पुस १० गते शुक्रबार बम्पर लक्की ड्र कार्यक्रम गरेर भाग्यशाली ग्राहकलाई उपहार प्रदान गरेको हो । टाटा मोटर्सको ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, विङ्गर, पिकअप, एस र म्याजिक जस्ता गाडीहरु किन्ने ग्राहकहरुलाई कार्यक्रममा सहभागी गराइएको थियो ।

उपहार योजनामा देशभरबाट १३ सयभन्दा बढी सहभागीहरुमध्ये भाग्यशाली ३४ जना ग्राहकहरुलाई बम्पर उपहार अन्तर्गतको आकर्षक उपहारहरु प्रदान गरिएको छ । जसमध्य काठमाण्डौ र पोखराबाट १२ जना, बुटवलबाट ५ जना, हेटौंडाबाट ६ जना, इटहरीबाट ५ जना र नेपालगञ्जबाट ६ जना विजेता छानिएको छ ।

उपहारमा ६ जनाले ३ सय १० लिटरको एल. जि डबल डोर रेफ्रिजेरेटर, ६ जनाले एल.जि ८ के.जी फ्रन्ट लोड वासिङ्ग मेसिन, ६ जनाले सोनी ५५ इन्च इन्टरनेट टिभी जितेका छन् । यस्तै सात जनाले  सामसुङ नोट ट्वान्टीे र ९ जनाले सामसुङ ट्याबलेट जितेका कम्पनीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

1 Comments

  • Shiva ram

    Dec. 30, 2020, 7:12 a.m.

    Shivs

  •  0 Reply

तपाईको प्रतिक्रिया