बुधबार विशेष : मौसम खुल्यो, राजनीति उस्तै धूमिल !

 पुस २२, २०७७ बुधबार २०:१८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दुई दिनदेखि बदली भएको मौसम बुधबारदेखि खुलेको छ । बादल हटेर घाम लागेपछि प्रदूषण पनि घट्न थालेको छ । 

मौसम खुले पनि राजनीति उस्तै धुमिल छ । प्रतिनिधि सभा विघटनविरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमाथि निरन्तर सुनुवाइ सुरु भएको छ । तर संवैधानिक इजलास बुधबार र शुक्रबार मात्रै बस्ने भएकाले यसबारेको फैसला कहिलेसम्म हुन्छ भन्ने निश्चित छैन ।

हेर्नुहोस् बुधबार दिनभरका मुख्य खबर :

बादल हट्दै घाम लागेपछि प्रदुषण घट्दै, जोखिम भने कायमै

बर्ड फ्लुबाट बच्न यस्ताे छ सरकारकाे पूर्वतयारी

आकाश खुलेपछिको काठमाण्डौ (फोटो फिचर)

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा हेर्ने संवैधानिक इजलासमा नबस्ने न्यायाधीश कार्कीकाे घाेषणा

प्रतिनिधि सभा विघटनलाई सामान्य अर्थमा लिने गल्ती नगराैँ : डा. बाबुराम भट्टराई

काठमाण्डाैमा वायु प्रदूषण केही घट्यो : जनकपुर, विराटनगर र हेटौँडामा भने जोखिम कायमै

काम गर्ने वातावरण नभएकाे भन्दै सुदूरपश्चिमका आर्थिक मामिलामन्त्रीकाे राजीनामा

भारतमा देखिएको बर्ड फ्लु नेपालमा प्रवेश गर्न नदिन नेपाल–भारत सीमा क्षेत्रमा कडाइ

चुरे पहिरो पीडित : तीन हप्तादेखि जंगलमा वास, चिसोले बिरामी पर्दै बालबालिका

नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या ५ हजार १३३

शेयर बजार १३ अङ्कले बढ्याे, ४ अर्ब ४२ कराेड रुपैयाँकाे काराेबार

डब्ल्यूएचओकाे टिम चीन प्रवेश गर्न पाएन

भ्रष्टाचार आरोपमा चीनका पूर्व उद्योगपतिलाई मृत्युदण्डको सजाय सुनाइएकोप्रति आलोचना

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया