किम जोङले भने, ‘अमेरिका हाम्रो सबैभन्दा ठूलो शत्रु’

 पुस २५, २०७७ शनिबार २०:३९:३८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – उत्तर कोरियाली शासक किम जोङ उनले अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो शत्रु भनेका छन् ।

किमले उत्तर कोरियाको राजधानी प्योङयाङमा सत्ताधारी वर्कर्स पार्टीको एक महत्वपूर्ण बैठकलाई सम्बोधन गर्दै अमेरिकालाई आफ्नो शत्रु भनेका हुन् । सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार किमले ह्वाइटहाउसमा जो आए पनि अमेरिकाको शत्रुतापूर्ण व्यवहार नबदलिने बताएका छन् ।

किमले अबको आफ्नो राजनीतिक गतिविधि अमेरिकालाई दबाउनेतर्फ हुनुपर्ने पनि बताएका छन् । उनले अमेरिका उत्तर कोरियाको विकासमा बाधक भएको भन्दै अमेरिकालाई सबैभन्दा ठूलो शत्रुको संज्ञा दिएका छन् । किमको यो भनाइ अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडनको लागि एक चुनौति हुने बीबीसीले जनाएको छ । 


 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया