साधारण शेयरमा आवेदन गर्नेको सङ्ख्यामा नयाँ रेकर्ड

 पुस २९, २०७७ बुधबार ८:१४:५१ | रासस
unn.prixa.net

काठमाण्डाै – पछिल्ला दिनमा साधारण शेयरमा लगानी गर्नेको सङ्ख्या उल्लेख्यरूपमा बढेको पाइएको छ । वास्तविक क्षेत्रको रूपमा रहेको चन्द्रागिरि हिल्स लिमिटेडले जारी गरेको साधारण शेयरमा मात्रै मागभन्दा बढी आवेदन गर्नुका साथै आवेदनले पनि नयाँ रेकर्ड कायम राखेको बिक्री प्रबन्धकले जनाएको छ ।

अहिलेसम्मकै सबैभन्दा बढी आवेदन चन्द्रागिरि हिल्सको शेयरमा परेको छ । सो कम्पनीको साधारण शेयरमा १२ लाख ५१ हजार १० आवेदकले आवेदन गरेका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार साधारण शेयरमा कूल दुई करोड ४४ लाख ७४ हजार ५३० कित्ताको लागि आवेदन परेको छ ।

यस्तै कूल दुई अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले १५ करोड ३४ लाख ९ हजार एक सय रुपैयाँ बराबरको कूल १५ लाख ३४ हजार ९१ कित्ता साधारण शेयर बिक्री गरेको थियो । पछिल्ला दिनमा लगातार शेयर बजार उकालो लागेर नयाँ उचाइ कायम गरेका कारण पनि लगानीकर्तामा आकर्षण देखिएको हो ।

साधारण शेयरमा लगानी गर्ने चाहना बढ्दै गएका कारण कूल १४ लाख ८० हजार ३५ जनाले मेरो शेयरको खाता खोलेका छन् । यस्तै २४ लाख २८ हजार ३३४ जनाले हितग्राही खाता खोलेका छन् । शेयर कारोवार तथा आवेदन सबै विद्युतीय प्रणालीबाट हुन थालेका कारण हितग्राही खाता बनाउनेको सङ्ख्यामा समेत उल्लेख्य वृद्धि भएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

1 Comments

  • तुलसी प्रसाद बास्कोटा

    Jan. 13, 2021, 10:22 a.m.

    ipo खुल्छ आफुलाइ पक्कैपनी पर्छ नै भन्ने सोचले सर्वसाधारणले भर्छन तर यहाँ ठुलोलगानी गर्नेलाइ मात्रै प्राथमिकता दिएको पाइयो येस्तो गर्नु ठिकहोइन जस्ले गर्दा सर्वसाधारण हाल जुन तरिकाले शेयरमार्केटमा आकर्सित भएकाछन भोलिको दिनमा त्यो न हुनसक्छ किन कि 30/50/100 कित्ता भर्नेहरुलाई प्राय कहिले पर्दैन यो सुदारहोस । धेरथोर जति भरेपनी सबै लाई न्युनतम 10 कित्ता ले भएपनि दिइयोस

  •  0 Reply

तपाईको प्रतिक्रिया