देउवा चढेको हेलिकप्टर 'फाेर्स्ड ल्याण्डिङ'

 माघ १, २०७७ बिहिबार १७:१६:५८ | रासस
unn.prixa.net

फाइल फाेटाे

गाेरखा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ । काठमाण्डाैबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण पालुङटार नगरपालिका २ आँपपीपलमा आकस्मिक अवतरण भएको हो । 

‘कैलाश एअरको हेलिकप्टर मध्याह्न १२ः४५ बजे आँपपीपलमा फोर्स्ड ल्याण्डिङ गरिएको हो, जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेन्द्रबहादुर गुरुङले भन्नुभयो, कांग्रेसका सभापति देउवा पर्वततर्फ जान लाग्नुभएको रहेछ ।’   

आकस्मिक अवतरण गरिएको हेलिकप्टर झण्डै ३५ मिनेट आँपपीपलमै रोकिएको प्रहरी उपरीक्षक गुरुङले बताउनुभयो । मौसममा सुधार आएलगत्तै हेलिकप्टर १ः२० बजे गोरखाबाट फेरि पर्वततर्फ उडेको प्रहरी उपरीक्षक गुरुङले बताउनुभयो । 

स्थानीयवासी सञ्जीव रानाका अनुसार बाक्लो कुहिरो लागेका कारण रिपगाउँको कोदोबारीमा हेलिकप्टर अवतरण गरिएको थियो । सभापति देउवा पर्वतमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जानुभएको हो ।  

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया