मोदीलाई अन्ना हजारेको पत्रः किसानका माग पूरा नभए अनशनमा बस्ने चेतावनी

 माघ २, २०७७ शुक्रबार ९:२४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -  भारतका सामाजिक कार्यकर्ता तथा भ्रष्टाचार विरोधी अभियन्ता अन्ना हजारेले किसानको माप पूरा नभए आफू अनशनमा बस्ने बताउनु भएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै उहाँले किसानका माग पूरा नभए अनशनमा बस्ने चेतावनी दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँले प्रधानमन्त्री माेदीलाई पाँच पटकसम्म पत्र लेखेको तर अहिलेसम्म एउटा पनि जवाफ नआएको बताउनु भएको छ ।

सरकारले आफ्नो पत्रको जवाफ पनि नदिएको र किसानको माग पनि सम्बोधन नगरेकाले यो जनवरीको अन्तिमतिर आफू अनशन बस्ने उहाँको भनाइ छ ।

उहाँले दिल्लीको रामलीला मैदानमा अनशन थाल्ने तयारी गरेको पनि बताउनु भएको छ । हजारेले यसअघि लोकपाल विधेयक माग गर्दै सन् २०११ र २०१८ मा अनशन बस्नु भएको थियो । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया