इन्डोनेशियामा भूकम्प : सात जनाको ज्यान गयो

 माघ २, २०७७ शुक्रबार ११:२३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इन्डोनेशियामा गएको भूकम्पमा सात जनाको ज्यान गएको छ । कयौँ घाइते भएका छन् । बिहान सुलावेसी द्वीपमा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्पपछि विज्ञले शक्तिशाली पराकम्प आउन सक्ने चेतावनी दिएका बीबीसीले जनाएको छ । भूकम्पका कारण घर तथा अस्पताल भत्किँदा कयौं नागरिक फसेका छन् । 

भूकम्पपछि सयौँ नागरिक विस्थापित भएका छन् । इन्डोनेशियामा सन् २०१८ मा भूकम्प र सुनामीका कारण दुई हजार जनाको ज्यान गएको थियो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया