ओलीलाई स्पष्टीकरण साेध्ने, विष्णु पाैडेललाई कारबाही गर्ने दाहाल–नेपाल समूहकाे निर्णय

 माघ २, २०७७ शुक्रबार १९:१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे दाहाल–नेपाल समूहकाे स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । 

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधान, उद्देश्य र लक्ष्य विपरीत काम गरेको भन्दै प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । 

बैठकले महासचिव विष्णु पौडेललाई पनि पार्टी निर्णय विपरीत गतिविधि गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको बैठकपछि नेता भीम रावलले जानकारी दिनुभयो । 

यस्तै बैठकले आउँदाे माघ १६ गते काठमाण्डाैमा हुने प्रदर्शनलाई प्रभावकारी बनाउन आन्तरिक तयारी र जनपरिचालन गर्ने निर्णय गरेको छ । बैठकले आउँदाे तीन दिनभित्रमा पार्टीका रिक्त पदहरूमा नियुक्ति गर्ने र एकताका बाँकी कामहरूलाई पनि टुङ्गो लगाउने निर्णय गरेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया