भारत : आन्दोलनरत किसान र सरकारबीचकाे नवौं वार्तामा पनि सहमति जुटेन

 माघ ३, २०७७ शनिबार ९:३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा लामो समयदेखि आन्दोलनरत किसानसँग सरकारी प्रतिनिधिहरूले गरेको वार्ता फेरि पनि सहमति बिना टुङ्गिएकाे छ । 

कृषिसम्बन्धी तीन वटा नयाँ कानुन खारेज गर्न माग गर्दै आन्दोलन गरिरहेका किसानका प्रतिनिधिसँग हिजो केन्द्रीय सरकारका तीन मन्त्रीले वार्ता गरेका थिए । 

हिजो भएको नवौं वार्तामा पनि कुनै निर्णय हुन नसकेको भारतीय संचारमाध्यमले जनाएका छन् । अर्को वार्ता आउँदाे मंगलबारको लागि तोकिएको छ ।

सरकारी पक्षले आफूहरु धेरै लचक हुँदा पनि किसानका प्रतिनिधि सहमतिमा नआएको बताएका छन् भने आन्दोलनरत किसानका नेता जोगिन्दर सिंह उर्गाहनले भने तीन ओटै कानुन खारेज गर्न आफूहरुले माग गरेपछि सरकारी पक्ष तयार नभएकाले सहमति नभएको बताउनुभयो । 

भारतमा कृषिसम्बन्धी तीन कानुनप्रति असन्तुष्टि जनाउँदै देशका विभिन्न ठाउँका साथै केन्द्रीय राजधानी नयाँ दिल्लीमा समेत किसानहरुले बृहत प्रदर्शन गरिरहेका छन् ।

किसान सङ्गठनका अगुवाहरुले कृषिसम्बन्धी विवादास्पद कानुन खारेज नै हुनुपर्ने अडान राखेका छन् । सरकारले ठूलो उपलब्धिका रुपमा व्याख्या गर्दै आइरहेको कानुनहरु किसानहरुले खारेज नै गर्नु पर्ने अडान राखेपछि सरकार थप समस्यामा परेको हो  ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया