प्रधानमन्त्री कप : एपीएफले प्रदेश-१ लाई दियो २४४ रनको लक्ष्य

 माघ ३, २०७७ शनिबार १३:१०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा एपीएफले प्रदेश नम्बर एकलाई २ सय ४४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४८ ओभर चार बलमा दुई सय ४३ रनमा अलआउट भयो । एपीएफका ओपनर आशिफ शेख ५९ रन बनाएर आउट भए । बसन्त रेग्मीले ४०, सन्दीप जोरा ३०, कप्तान शरद भेषवाकरले २०, सुवास खकुरेल र किशोर महतोले समान १९/१९ रन जोडे ।

त्यस्तै सुमित महर्जन १४ रनमा आउट भए । प्रदेश एकका फिर्दोश अन्सारी, दिपेश कँडेल, हेमन्त राई र श्रवण यादवले दुई/दुई विकेट लिए । साेनु मण्डल र जाेशव खड्काले एक/एक विकेट लिए ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया