भारतमा पहिलो दिन झण्डै दुई लाख जनाले कोरोना विरुद्धको खोप पाए

 माघ ४, २०७७ आइतबार ८:५६:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतमा हिजो पहिलो दिन झण्डै दुई लाख जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कारोना विरुद्धको खोप अभियान अन्तर्गतको पहिलो दिन हिजो एक लाख ९१ हजार भन्दा धेरैले खोप लगाएका छन् ।

हिजो ३ हजार ३ सय ५१ केन्द्रबाट कोभ्यासिक्न र कोभिसिल्ड दुवै खोप दिइएको थियो । कोरोना विरुद्धको खोप लगाएपछि केहीलाई एलर्जी भएको बीबीसी हिन्दीले लेखेको छ । तर, त्यहाँको स्वास्थ्य मन्त्रालयले भने खोप लगाएका कसैलाई पनि स्वास्थ्य समस्या नभएको र अस्पताल भर्ना पनि नभएका दाबी गरेको छ ।

भारतले पहिलो चरणमा प्राथमिकतामा परे अनुसार डाक्टर, स्वास्थ्यकर्मी र सरसफाईका कर्मचारी लगायत अंग्रपक्तिमा काम गर्नेलाई खोप दिइन थालेको जनाएको छ । भारतमा अहिलेसम्म एक करोड ५ लाख भन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण भएको छ भने एक करोड एक लाख भन्दा धेरैले कोरोनालाई जितेका छन् । एक लाख ५२ हजार भन्दा धेरैको भने ज्यान गएको छ ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया