सुनको भाउ एकै दिन सात सय रुपैयाँले घट्यो, चाँदीकाे भाउ पनि सस्तियाे

 माघ ४, २०७७ आइतबार ११:२०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुन चाँदीको भाउ आज घटेको छ । आज एकै दिन सुन तोलामा सात सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा ९१ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि सस्तो भएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १८ सय ३० डलर छ । यो अस्ति शुक्रबारको भन्दा २० डलर सस्तो हो ।

अमेरिकामा राष्ट्रपतीय चुनावमा विजयी भएका जो बाइडेनको कार्यकाल सुरु हुन लागेकाले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थालेको व्यवसायीको अनुमान छ । जो बाइडेनले आउँदो बुधवार सपथ ग्रहण गर्दै हुनुहुन्छ । यस्तै, आज चाँदी पनि आज तोलामा ३० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया