काेराेना भाइरसकाे नयाँ प्रकारका कारण सन् २०२१ झन् कठिन हुने डब्ल्यूएचओकाे चेतावनी

 माघ ४, २०७७ आइतबार १४:३०:४७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काेराेना भाइरसकाे नयाँ प्रकारका कारण यो वर्ष झन् कठिन हुने चेतावनी दिएको छ । डब्ल्यूएचओले सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी दिएको हो । 

कोरोना भाइरसको नयाँ प्रकार पहिलोभन्दा धेरै सङ्क्रामक रहेको पनि डब्ल्यूएचओले जनाएको छ । बेलायतमा देखा परेको उच्च सङ्क्रामक क्षमताको भाइरस ५० देश र क्षेत्रहरूमा फैलिसकेको छ । 
त्यस्तै दक्षिण अफ्रिकामा देखा परेको भाइरस अरू २० देशमा फैलिसकेको छ । 

जापानमा पनि नयाँ प्रकारको भाइरसले थप चिन्ता बढाएको बीबीसीले जनाएकाे छ । जापानमा चार जनामा काेराेना भाइरसको नयाँ प्रकारकाे सङ्क्रमण पहिचान भएको छ । तर उनीहरू ब्राजिलमा सङ्क्रमित भएको अनुमान छ । नयाँ प्रकारको भाइरसप्रति धेरै चासो बढ्नुमा पहिलोभन्दा सङ्क्रामक क्षमता हुनु र मानिसको शरीरमा हुने कोषमा सङ्क्रमण गराउन थप सहज हुनुलाई लिइएकाे छ । 

डब्ल्यूएचओले कोरोना भाइरसको सङ्क्रमण रोक्न गरिएका प्रयास र स्वास्थ्य सावधानीको पालना गर्न तथा थप सजगता अपनाउनुपर्नेमा जोड दिएको छ । स्वास्थ्य विज्ञहरूले अहिले विकसित भएका खोपहरू कोरोना भाइरसका नयाँ प्रकारविरुद्ध पनि उत्तिकै प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।  

अन्तिम अपडेट: चैत २९, २०८०

1 Comments

  • Salina Magar

    Jan. 17, 2021, 5:21 p.m.

    2020 कतै 2021 को ट्रेलर त होइन नि

  •  0 Reply

तपाईको प्रतिक्रिया