प्रतिनिधि सभा विघटनसम्बन्धी भएको छलफलको रेकर्ड मगाउन रिट निवेदकका वकिलको माग

 माघ ४, २०७७ आइतबार १४:४९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ सुरु भएको छ । सर्वोच्चले संवैधानिक इजलासमै सुनुवाइ गर्ने निर्णय गरेसँगै आइतबार (आज) देखि फेरि सुनुवाइ सुरु भएको हो ।

यसअघि रिटहरूको सुनुवाइ बृहत् पूर्ण इजलासमा गर्ने कि संवैधानिक इजलासमा भन्नेबारे मतभेद भएपछि सर्वोच्चले संवैधानिक इजलासबाटै गर्ने निर्णय गरेको थियो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहनुभएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध १३ वटा रिट निवेदन परेका छन् । बहसमा रिट निवेदकका वकिलहरूले प्रतिनिधि सभा विघटनसम्बन्धी संविधान सभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधान सभाले संविधान लेख्दा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार दिने वा नदिने भन्नेमा लामो बहस भएको स्मरण गराउँदै छलफलको रेकर्ड मगाउन माग गर्नुभएको हो ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया