प्रधानमन्त्री कपमा वाग्मतीसँग हार्‍याे पुलिस

 माघ ४, २०७७ आइतबार १५:२८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको साविक विजेता नेपाल पुलिस क्लब पहिलो खेलमा पराजित भएको छ । पुलिसलाई वाग्मती प्रदेशले सात विकेटले हराएको हो । 

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस २९ ओभर तीन बलमा एक सय ११ रनमा अलआउट भयो । पुलिसका लागि सुनील धमला र कुशल भुर्तेलले समान १७/१७ रन जोडे । त्यस्तै दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले पनि समान २१/२१ रन बनाए । अरू खेलाडीले भने दोहोरो अङ्क जोड्न सकेनन् । 

वाग्मतीका तिलक भण्डारी र नन्दन यादवले चार/चार तथा रामनरेश गिरीले दुई विकेट लिए । 

जितका लागि एक सय १२ रनको लक्ष्य पाएको वाग्मतीले ३४ ओभर ४ बलमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍याे । उसका पृथु बाँस्काेटाले ४८ र इशान पाण्डेले अविजित १७ रन बनाए । 

बलिङतर्फ पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक/एक विकेट लिए । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया