नेप्सेले २३ सय विन्दु नाघ्यो, आइतबार साढे २८ अङ्कको वृद्धि

 माघ ४, २०७७ आइतबार १६:१७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजारले २३ सय विन्दु पार गरेको छ । आइतबार २८ दशमलव ४६ अङ्कले बढेर नेप्से २३ सय १५ विन्दुमा पुगेको हो । यो अहिलेसम्मकै उच्च विन्दु हो ।

आइतबार जलविद्युत् बाहेक अरू सबै समूहको शेयर बढेको छ । व्यापार समूहको शेयर २ सय ३२ अङ्कले, विकास बैंक समूहको १ सय १० अङ्कले, उत्पादन समूहको ४९, माइक्रो फाइनान्सको १ सय १५, अन्यको ६०, फाइनान्सको २५, जीवन बीमाको २ सय २१ र निर्जीवन बीमा समूहको शेयर ७८ अङ्कले बढेको छ ।

आइतबार दुई सय आठ कम्पनीका एक करोड ५० लाख ३५ हजार कित्ता शेयर ६ अर्ब ३७ करोड ४२ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल टेलिकमको ५८ करोड १० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आइतबार साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले १० प्रतिशत कमाएका छन् भने १५ वटा कम्पनीका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । 

समग्र बजार बढे पनि युनाइटेड फाइनान्सका शेयरधनीले भने झण्डै ६ प्रतिशत गुमाएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया