पीएम कप : आर्मीले कर्णालीलाई ८० रनले हरायाे

 माघ ४, २०७७ आइतबार १६:३५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : आर्मीका अनिल मण्डल म्यान अफ द म्याच चुनिएपछि ।

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मीले कर्णाली प्रदेशलाई ८० रनको फराकिलो अन्तरले हराएको हो । 

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मीले ४३ ओभर एक बलमा अलआउट हुँदै एक सय ९५ रन बनायो । उसका लागि अनिल मण्डलले ८९ रन बनाउँदा कप्तान विनोद भण्डारीले ४१ रनको योगदान गरे । 

बलिङतर्फ कर्णालीका दिनेश अधिकारी, राज शाही र दिवान पुनले समान दुई–दुई विकेट लिए । 

एक सय ९६ रनको लक्ष्य पछ्याएको कर्णाली ३३ ओभर तीन बलमा एक सय १५ रनमै समेटियो । उसका रविन्द्र शाहीले ३० रन बनाए पनि आठ खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । 

कर्णालीलाई एक सय १५ रनमै रोक्न आर्मीका सुशन भारीले चार तथा शहाब आलमले तीन विकेट लिए । 

आइतबार भएकाे पहिलाे खेलमा नेपाल पुलिस क्लबलाई वाग्मती प्रदेशले सात विकेटले हराएकाे छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया