म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

 माघ ५, २०७७ सोमबार ७:१३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ४–० गाेलले हराएको छ ।

आज बिहान भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई फराकिलो गोल अन्तरले हराएको हो ।

सिटीका जोन स्टोनेसले खेलको २६ औं र ६८ औं मिनेटमा एक/एक गोल गरे । त्यस्तै इल्के गुण्डोगनले खेलको ५६ औं र रहिम स्ट्रलिङले ८८ औं मिनेटमा गोल गरे ।

जितसँगै १७ खेलबाट ३५ अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लिएको छ । राति भएको अर्को खेलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले भने बराबरी खेलेका छन् ।

शीर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको १८ खेलबाट ३७ अंक पाएकाे छ ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया