सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घट्यो

 माघ ५, २०७७ सोमबार ११:५०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज ताेलामा दुई सय रुपैयाँले घटेको छ ।

हिजो सात सय रुपैयाँले घटेर ताेलाकाे ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ९१ हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि सस्तो भएको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

चाँदीको भाउ भने आज हिजोजस्तै तोलाको १२ सय ३० रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया