टाटा मोटर्सद्वारा युवालक्षित स्वावलम्बी अभियान सार्वजनिक

 माघ ५, २०७७ सोमबार १५:६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालका लागि टाटा मोटर्सकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले विभिन्न कारणले विदेशबाट नेपाल फर्किएका युवाहरुलाई लक्षित गरी टाटा मोटर्स स्वावलम्बी अभियान ल्याएकाे छ ।

यस अभियान अन्तर्गत टाटा कमर्शियल गाडीहरुको खरिद कर्ताले बिना धितो ६५ भन्दा कम ब्याजदरमा ७५५ सम्मको फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन् । व्यावसायिक परामर्शको समेत व्यवस्था मिलाइएको छ । 

युवावर्गलाई स्वदेशमा नै व्यापार व्यवसाय गर्ने वातावरण मिलाउन सहयोग पुर्याएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ यस अभियान सार्वजनिक गरिएको सिप्रदी जनाएकाे छ । जसअन्तर्गत कम्पनीले युवा जनशक्तिमार्फत व्यवसाय र रोजगारीको सिर्जना गरी आर्थिक समृद्धि हासिल हुने विश्वास लिएको छ ।

यस अभियानमा सहभागी हुन चाहने ग्राहकहरुले टाटा मोटर्सको शाेरुममा गएर विभिन्न प्रकारका गाडीहरु अवलोकन गर्न सक्नेछन् । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया