प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै – एटीएम मेशिन फोडेर पैसा चोरी गर्न खोज्ने एक जनालाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ ।
आइतबार राति सवा २ बजे ठुलो भर्याङमा एनआईसी एसिया बैंकको एटीएम मेशिन फोडि नगद रकम चोरी गर्न खोज्ने बैतडीको महादेवस्थान गाँउपालिकाका कमलबहादुर धानुकलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट मेशिन फोड्न प्रयोग हुने औजारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले बेलैमा थाहा पाएकोले उनले नगद चोर्न नपाएको बताइएकाे छ ।