पाँच वर्ष प्रधानमन्त्री बन्ने ओलीकाे चाहना, चुनाव हुँदैन : नेता नेपाल

 माघ ५, २०७७ सोमबार १९:९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारको दुरुपयोग गरेकाले पदमा बस्न लायक नरहेको बताउनुभएको छ ।  

काठमाण्डाैमा आयोजित आफू पक्षधर अखिल नेपाल महिला सङ्घको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीका रूपमा अधिकारको दुरुपयोग गरेकाले पदमा बस्न लायक नभएको बताउनुभएको हो ।

अध्यक्षको कर्तव्य पालना नगरेका कारण पार्टी अध्यक्षका रूपमा पनि बस्न लायक नरहेको उहाँको भनाइ छ । अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले सङ्कटकाल लगाएर अथवा अन्य असंवैधानिक कदम चालेरै भए पनि पाँच वर्ष प्रधानमन्त्री बन्न चाहेको उल्लेख गर्दै ओलीले चुनाव नगराउने बताउनुभयो ।

अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनलाई छिन्न–भिन्न हुन नदिने गरि अघि बढ्ने बताउनुभयो । देशको प्रगतिका लागि आन्दोलनकाे विकल्प नभएकाले आन्दोलनको ज्वारभाटा सृष्‍टि गर्ने उहाँको भनाइ छ ।

उहाँले पार्टीको आधिकारिकता र सूर्य चिह्न कसैले खोस्न नसक्ने दाबी गर्नुभयो । केपी शर्मा ओलीले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गरेर अस्ताउँदो सूर्य चुनाव चिह्न लिएको जिकिर गर्दै उहाँले ओलीको त्यही चुनाव चिह्न हुने र आफूहरूको सूर्य चिह्न कसैले खोस्न नसक्ने बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

1 Comments

  • Binal gurung

    Jan. 18, 2021, 7:37 p.m.

    एकदम ठीक भन्नु भयो /

  •  0 Reply

तपाईको प्रतिक्रिया