प्रिया शाही भइन्  मिस नेवाः मकवानपुर

 माघ ५, २०७७ सोमबार २०:९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – यस वर्षको मिस नेवाः मकवानपुरको उपाधि प्रिया शाहीले पाएकी छिन् । लुक्स फेसन होमले हेटौँडा मेन रोडको एक होटलमा आयोजना गरेको अन्तिम प्रतिस्पर्धामा १२ जना प्रतिस्पर्धीलाई पछि पार्दै शाहीले उपाधि हात पारेकी हुन् ।

नेवार भाषा ,कला , संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यका साथ पहिलो पटक मिस नेवाः मकवानपुरको आयोजना गरिएको हो । प्रतियोगितामा फस्ट रनर अप लुनिभा श्रेष्ठ, सेकेण्ड रनरअप मनिका खड्गी भएका छन् ।

उपाधिसँगै मिस नेवाः मकवानपुर, फस्ट रनर अप र सेकेण्ड रनर अप विजेताहरूलाई क्रमशः ४० हजार, २० हजार र १५ हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।  ​

गएको वर्षको चैत्र महिना ८ गते अन्तिम प्रतियोगिता गर्नका लागि तय गरिएकामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अहिले मात्र प्रतियोगिता आयोजना गरिएको आयोजक ​लुक्स फेस होमले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया