इटालियन सिरी ए : एसी मिलानसँग क्याग्लिअरी २-० गोलले पराजित

 माघ ६, २०७७ मंगलबार १०:३५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको एसी मिलानसँग क्याग्लिअरी २–० गोल अन्तरले पराजित भएकाे छ । जितसँगै एसी मिलानले इन्टर मिलानभन्दा तीन अंकको अग्रता बनाएको छ ।

समान १८ खेल खेलेका एसी मिलानको ४३ अंक छ भने इन्टर मिलानको ४० अंक रहेको छ । मिलानको जितमा दुवै गोल जाल्टन इब्राहिमोभिकले गरेका हुन् ।

इन्टर मिलानले आइतबार युभेन्टसमाथि जित निकाल्दै एसी मिलानसँग अङ्क बराबरी गरेको थियो । एसी मिलानका इब्राहिमोभिकले १३ लिग खेलमा १२ गोल गरेका छन् । उनले खेलको सातौं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए ।

उनले ५२ औं मिनेटमा दाेस्राे गरेका थिए । दोस्रो गोल गरेपछि एसी मिलानलाई खेल सहज बन्यो तर ७४ औं मिनेटमा एलेक्सिस सेलमेकर्स दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि टोली अन्तिम १६ मिनेट १० खेलाडीमा समेटिएको थियो ।

यो एसी मिलानको सिरी ए मा १९ औं अवे जित हो । सिरी ए इतिहासमै उत्कृष्ट अवे प्रदर्शनको आफ्नै कीर्तिमान बराबरी भएको हो । यसअघि एसी मिलानले सन् १९९१–९२ र १९९२–९३ को सिजनमा लगातार १९ खेल जितेर कीर्तिमान बनाएको थियो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया