परीक्षण उडानका लागि हिमालय एअरलाइन्स ल्हासातर्फ

 माघ ६, २०७७ मंगलबार १४:३४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित हिमालय एअरलाइन्सले चीनको ल्हासामा परीक्षण उडान सुरु गरेको छ ।

चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी ल्हासामा मङ्गलबार भएको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा तालिकावद्ध उडानहरू सुरु गर्ने कम्पनीको व्यावसायिक योजनाको अनुरूप नै भएको एअरलाइन्सले जनाएको छ । 

मङ्गलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको हिमालय एअरलाइन्सको जहाज ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको छ । 
एअरलाइन्सका सञ्चालक उपाध्यक्ष क्याप्टेन हाओ दीले वरिष्ठ क्याप्टेनहरुसहित परीक्षण उडानका चालक दलको नेतृत्व गरेका छन्  ।  

सन् २०१४ अगस्टमा एउटा विमान र एउटा गन्तव्यबाट सञ्चालन सुरु गरेको एअरलाइन्सले आफ्नो स्वामित्वमा चार वटा जहाजमार्फत सात वटा गन्तव्यमा उडान भर्दै आएको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया