नेप्सेको वृद्धिमा ९ दिनपछि ‘ब्रेक’, साढे पाँच अङ्कको गिरावट

 माघ ६, २०७७ मंगलबार १६:१७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो आठ दिनदेखि लगातार बढिरहेको शेयर बजार मङ्गलबार भने घटेको छ ।

अघिल्लो मङ्गलबार २२ सय ५८ विन्दुमा रहेकाे नेप्से लगातार बढेर सोमबारसम्म २३ सय ३२ विन्दुमा पुगेको थियो । नेप्से मङ्गलबार पाँच दशमलव ५७ अङ्कले घटेर २३ सय २६ दशमलव ९० विन्दुमा झरेको छ ।

व्यापार फाइनान्सबाहेक सबै समूहको शेयर घटेको छ । बैंक र जलविद्युत् समूहको शेयर आठ अङ्कले, होटल समूहको २६ अङ्कले, विकास बैंकको २४ अङ्कले, उत्पादनको ३९, निर्जीवन बीमाको १ सय २४ र अन्य समूहको शेयर २८ अङ्कले घटेको छ ।

मङ्गलबार दुई सय ६ कम्पनीका एक करोड ६३ लाख पाँच हजार कित्ता शेयर सात अर्ब ४६ करोड ७४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ९१ करोड ९७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

सपाेर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा धेरै झण्डै आठ प्रतिशत गुमाएका छन् । समग्र बजार घटे पनि नेपाल फाइनान्स, प्रोगेसिभ फाइनान्स र गुराँस फाइनान्सका शेयर धनीले भने १० प्रतिशतका दरले कमाएका छन् । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया