अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
सोलुखुम्बु – मौसम प्रतिकूलताका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लाको उडान प्रभावित बनेको छ । मङ्गलबार बिहानैदेखि बाक्लो हुस्सु र सिमसिम पानी परेका कारण मङ्गलबारका लागि तय गरिएका सबै उडान स्थगित गरिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।
काठमाण्डौबाट लुक्लाका लागि तारा एअर, समिट एअर र हेलिकप्टर गरि झण्डै एक दर्जन उडान हुने तालिका रहे पनि मौसम प्रतिकूल हुँदा सबै उडान रोकिएको कार्यालयका वरिष्ठ अधिकृत विक्रम सिंह बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौ–लुक्लाका लागि तय भएको सबै उडान स्थगित गरिएसँगै यात्रुहरू विमानस्थलबाट फर्किसकेका छन् ।
बाक्लो हुस्सुका कारण हेलिकप्टरले भर्दै आएको कार्गो उडानसमेत मङ्गलबार हुन सकेको छैन । सोमबार पनि मौसमका कारण चार फ्लाइट जहाज र हेलिकप्टर गरि आधा मात्रै उडान भएको नागरिक उड्ययन प्रधिकरण लुक्लाले जनाएको छ ।
नाम्चे क्षेत्रमा हिमपात
खुम्बुको माथिल्लो क्षेत्र नाम्चेमा हिमपात सुरु भएको छ । बिहानैदेखि हुस्सु लागेको यस क्षेत्रमा केही समय अघिदेखि हिमपात सुरु भएको स्थानीय विजय तामाङले जानकारी दिनुभयो । उहाँका अनुुसार खुम्बुको माथिल्लो क्षेत्रमा हिमपात सुरु भएको छ भने लुक्लालगायत तल्लो भेगमा वर्षा भइरहेको छ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।