भरतपुर अस्पतालमा आँखाको उपचार सुरु, सामान्य अवस्थामा पनि अन्तै जानुपर्ने बाध्यता हट्यो

 माघ ६, २०७७ मंगलबार १८:३७:५ | रासस
unn.prixa.net

चितवन – भरतपुर अस्पतालमा मङ्गलबार (आज) देखि आँखा रोगको उपचार सेवा सुरु भएको छ । अस्पतालमा आँखा रोग विभागको सुरुवातसँगै आँखा रोगको उपचार सेवा सुरु गरिएको हो ।

अन्य रोगको उपचार हुने गरे पनि आँखाको उपचारका लागि बिरामी अन्त जानुपर्ने बाध्यता रहेकोमा अब त्याे समस्या हटेको अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले बताउनुभयो ।

यसअघि मधुमेह, उच्च रक्तचापलगायतका बिरामीको आँखाको सामान्य उपचारका लागि बिरामी बाहिर जानुपर्ने बाध्यता थियो । अहिले सामान्य उपचार सेवा र बिस्तारै शल्यक्रियासहितको विशिष्ट सेवा पनि सुरु गर्ने डाक्टर अधिकारीले बताउनुभयो । अस्पतालको आँखा रोग विभागमा दुई जना विशेषज्ञ डाक्टरसहित प्राविधिक समूह रहेको छ ।

भरतपुर अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि पुग्ने गरेका छन् । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया