प्रतिनिधि सभा विघटन राजतन्त्र पुनर्स्थापना गर्ने प्रक्रियाकाे सुरुवात : प्रचण्ड

 माघ ६, २०७७ मंगलबार १९:३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रलाई पुनर्स्थापित गर्ने प्रक्रियाको सुरुवात भएको बताउनुभएको छ । 

मङ्गलबार आफू निकट पत्रकारहरूको सङ्गठन प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरि राजतन्त्रलाई पुनर्स्थापित गर्ने तथा देशलाई निरङ्कुशता तथा अराजकताको भुमरीमा लैजाने प्रक्रियाको सुरुवात गरेको बताउनुभएको हो । उहाँले यस कदमलाई हरमूल्यमा रोक्ने पनि बताउनुभयो ।

अध्यक्ष प्रचण्डले ओलीले विदेशी शक्तिको विरोध गरेर राष्ट्रवादको नारा लगाए पनि तिनै विदेशीको लम्पसार परेर पार्टी फुटाउने दुस्साहस गरेको आराेप लगाउनुभयाे ।

ओलीको राष्ट्रवाद खोक्रो तथा सामन्ती राष्ट्रवाद रहेको उहाँको टिप्पणी छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया