सुनसरीमा माइक्राेबस र माेटरसाइकल ठाेक्किँदा तीन जनाकाे ज्यान गयाे, आठ घाइते

 माघ ६, २०७७ मंगलबार १९:३८:२० | शुभनारायण यादव
unn.prixa.net

सुनसरी – सुनसरीको दुहवी नगरपालिका–१० सिमरियामा माइक्राेबस र माेटरसाइकल ठाेक्किँदा तीन जनाकाे ज्यान गएको छ । दुर्घटना अन्य आठ जना घाइते भएका छन् ।

सप्तरीको राजविराज नगरपालिका १ का शङ्करकुमार यादव, सुनसरीको इनरुवा नगरपालिका ३ का बिर्ख मण्डल र नाम थर खुल्न नसकेका अर्का एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको विराटनगरमा रहेको विराट नर्सिङ होममा उपचार भइरहेको छ । प्रदेश १–०२–११० ज ३८६८ नम्वरको माइक्रोबस र को ३४ प ४६९४ नम्बरको मोटरसाइकल ठोक्किएकाे हाे ।  

अन्तिम अपडेट: चैत १८, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया