पाकिस्तानमा भारी वर्षाका कारण ज्यान गुमाउनेको सङ्ख्या ८७ पुग्यो
बैशाख ८, २०८१ शनिबार
काठमाण्डाै – करदाताहरूले राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व आफ्नो मोबाइल बैंकिङदेखि भुक्तानी गर्न सक्ने भएका छन् ।
राष्ट्रिय वाणिज्य बैंक र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच मोबाइल बैंकिङमार्फत भुक्तानी गर्न सकिने विषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र फोनपेका प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले हस्ताक्षर गर्नुभएकाे हाे ।
करदाताले आन्तरिक राजस्व विभागअन्तर्गतका कुनै पनि राजस्व कार्यालयको भ्याट, सम्पति कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क मोबाइल बैंकिङबाट सहजै भुक्तानी गर्न सक्नेछन् ।
यस्तै वाणिज्य बैंकमार्फत बुझाइने अन्य कुनै पनि किसिमका कर तथा राजस्व भुक्तानी गर्न सकिनेछ । मोबाइल बैकिङबाटै कर तिर्न सकिने भएसँगै करदाताहरूलाई विभिन्न कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झन्झटकाे अन्त्य भएकाे छ ।
मोबाइल बैंकिङ प्रयोगकर्ताले मोबाइल बैंकिङ लग अन नै नगरि बाहिर रहेको मर्चेन्ट पेमन्टको अप्सनमा गइ रेभिन्युमा क्लिक गर्ने र त्यहाँ रहेको सरकारी राजस्व कर (Government Revenue Tax) मा क्लिक गरि करदाता सङ्केत नम्बर तथा अन्य विवरण भरेर सहजै भुक्तानी गर्न सकिनेछ ।