म्याक ल्युब्रिकेन्ट्सको 'म्याक परिवार' उद्घाटन

 माघ ७, २०७७ बुधबार १०:९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालका लागि म्याक ल्युब्रिकेन्ट्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. र ग्यालेक्सी अटो प्रा.लि. को संयुक्त आयोजनामा  झापाको बिर्तामोडमा हिजो म्याक परिवारको उद्घाटन भएको छ । 

म्याक परिवारको मुख्य उदेश्य भनेको म्याकका डिलरहरु, रिटेलरहरु तथा मेकानिक्सहरुलाई एउटै परिवारमा बाँधेर बिभिन्न सुविधाहरु उपलब्ध गराउनु रहेको छ । जसमा म्याक परिवारका सदस्यहरुले मेकानिक बीमा, शैक्षिक छात्रवृत्ति, होलिडे प्याकेज, फेमिली डिनर तथा योगाका कक्षाहरु लगाएतका सुविधाहरु प्राप्त गर्न सक्ने सिप्रदी ट्रेडिङले जनाएको छ । यस बाहेक अन्य सुविधाहरु, व्यवसायिक तालिम, ल्युब्रिकेन्ट सम्बन्धी ब्रोशर/बुकलेट र अन्य सामाग्रीहरु लगायत प्राप्त गर्न सक्नेछन् । 

कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडका तर्फबाट म्याक ल्युब्रिकेन्टसका क्षेत्रीय प्रवन्धक राजिव कुमार, कन्ट्री म्यानेजर मुकुन्द धमला, सिप्रदी ट्रेडिङ प्रा. लिका डेप्युटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठ तथा ग्यालेक्सी अटोका तर्फबाट विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।  
 

अन्तिम अपडेट: माघ ८, २०७७

तपाईको प्रतिक्रिया