सुदूरपश्चिम प्रदेशद्वारा नेपाल पुलिस क्लबलाई १ सय ११ रनको लक्ष्य

 माघ ७, २०७७ बुधबार १२:२६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई एक सय ११ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३३ ओभर १ बलमा अलआउट हुँदै जम्मा १ सय १० रन मात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि खडक बोहोराले सबैभन्दा धेरै ४० रन बनाए भने सन्जु धामीले ३५, अरुण ऐरले १३ र अर्जुज साउदले १० रन बनाए । नारायण जोशीले मात्र एक रन जोडे ।

पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान ४–४ विकेट लिए । एक सय ११ रनको लक्ष्य पाएको पुलिसले अहिले ब्याटिङ गरिरहेको छ । आज दुबै टिम पहिलो जितको खोजीमा छन् । प्रतियोगिताको समूह बी मा रहेका दुवै टिम पहिलो खेलमा पराजित भएका थिए ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया