पुलिसले सुदूरपश्चिमलाई ९ विकेटले हरायाे

 माघ ७, २०७७ बुधबार १४:३८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई नाै विकेटले हराएको छ ।

कीर्तिपुर मैदानमा सुदूरपश्चिमले दिएको एक सय ११ रनको लक्ष्य पुलिसले १७ ओभरमा मात्रै एक विकेट गुमाएर पूरा गर्‍याे । पुलिसका लागि सुनिल धमलाले ५३ र कुशल भुर्तेलले ५१ रन बनाए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३३ ओभर एक बलमा अलआउट हुँदै जम्मा एक सय १० रन मात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि खडक बोहोराले सबैभन्दा धेरै ४० रन र सन्जु धामीले ३५ रन बनाए । पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान चार–चार विकेट लिए ।  

प्रतियाेगितामा पहिलो खेल हारेको पुलिसले बुधबार (आज) दोस्रो खेलमा भने जित निकालेको हो ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया