प्रधानमन्त्री कपमा एपीएफले गण्डकीलाई ६ विकेटले हरायाे

 माघ ८, २०७७ बिहिबार १४:१८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे गण्डकीले दिएकाे एक सय सात रनकाे लक्ष्य एपीएफले १७ ओभर तीन बलमा चार विकेट गुमाउँदै पूरा गर्‍याे । एपीएफका लागि आशिफ शेखले ७८ रन बनाए । गण्डकीका चन्द्र पाैडेल र विशाल पाैडेलले दुई–दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा अलआउट हुँदै एक सय ६ रन मात्रै बनाउन सक्यो । गण्डकीका लागि समीर कँडेलले ३६ रन बनाए । एपीएफका कमल ऐरीले चार विकेट लिए । 

याे जितसँगै समूह 'ए' को एपीएफले दुई खेलमा चार अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ ।

गण्डकीको भने यो तेस्रो हार हो । गण्डकी चार खेलमा दुई अङ्क जाेड्दै तालिकाकाे चाैथाे स्थानमा रहेको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया